BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Welcome

Website counter
website hit counter
website hit counters

Monday, July 8, 2013

‘अपरेशन ग्रिनहण्ट’को विरोध

भारतीय र ड्यास माओवादीको 'कनेक्सन'

Published on: Monday, July 8, 2013 // 

'अपरेशन ग्रिनहण्ट'को विरोध

काठमाडौं, २४ असार (नेपाल डोर) । माओवादीले भारतीय माओवादीविरुद्ध परिचालित भारतीय सुरक्षाफौज फिर्ता हुनुपर्ने माग गरेको छ । सोमवार सार्वजनिक गरिएको समसामयिक प्रस्ताबको बुँदा नंवर १६ मा भारतका छत्तिसगढ, झारखण्डलगायतका राज्यमा भारतको केन्द्र र राज्य सरकारहरुले आतंक मच्चाएको पनि आरोप लगाएको छ । माओवादीले भाकपा माओवादीसँग आफ्नो भाइचारा सम्बन्धको पुष्टिसमेत गरेको छ । 
'भारतको छत्तीसगढ, झारखण्ड लगायतका राज्यहरुमा त्यहाँको केन्द्र र राज्य सरकारले अपरेशन  'ग्रिनहण्ट'का साथै अर्ध सैनिक बलको प्रयोग गरी ती क्षेत्रहरुमा जुन दमन, हत्या र आतंक मचाउने काम गरेको छ, त्यसको यो बैठक कडा विरोध गर्दछ' माओवादीले सोमवार सार्वजनिक गरेको तथा पोखरा वैठकले पारित गरेको प्रस्ताबमा उल्लेख छ, ' यसका साथै ती अर्ध–सैनिक बलहरुलाई चाँडो भन्दा चाँडो ती क्षेत्रहरुबाट फिर्ता गर्न पनि भारत सरकारसँग जोडदार माग गर्दछ ।' माओवादीले भारतमा भाकपा माओवादीले सञ्चालन गरेको हिंसात्मक युद्धलाई न्यायोचित भन्दै समर्थन गर्दै आएको छ । माओवादीले नेपाली भूमिको दुरुपयोग गरी  'फ्रि तिब्बत' गतिविधि सञ्चालन भइरहेको भन्दै नियन्त्रणका लागि सरकाससँग मागसमेत गरेको छ ।

No comments:

Related Posts Plugin for WordPress, Blogger...