BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Welcome

Website counter
website hit counter
website hit counters

Saturday, April 4, 2015

निर्बाचन हुने नहुने?

एनआरएन एनसीसी अफ युएसएको आशन्न निर्बाचन हुने नहुने टुंगो छैन, कोहि कोहि उम्मेदवारहरुलाई आफ्नो फोटो फेसबुकमा घुमाएर आत्मरति मिलिरहेको छ, कम्तिमा अप्रिल ६ तारिख बेलुका ५ बजे(अमेरिकाको पूर्बी समय) सम्म पनि पर्खने नसक्नेहरुका लागि निर्बाचन २ हप्ता लम्बिए के होला? कति फ्रस्टेसन होला? त्यहि फ्रस्टेसनले काम काज छोडेर घर बस्दै मानसिक रोगको औषधि खाने बनाउन बेर छैन । समाजसेवा गर्न तत्पर यस्ता लालायितहरुले समाजको भलो कदापि चिताउन सक्दैनन, यिनीहरु हरुवा (लूजर) हुन । लूजरहरुलाई जहिले पनि हारको डर हुन्छ, त्यसैले उनीहरु फोटो घुमाएर बिजयको मिठो सपना बुनिरहन्छन । यी बिचराहरुलाई के थाहा? जित्ने ट्रिक जान्नेहरु चुपचाप बसिरहेका छन भन्ने कुरा । हारको डरले फोटो फेसबुकमा घुमाउनेहरुले बुझुन -चुनाव मतले होइन, साम, दाम, दण्ड र भेदले जितिन्छ, यो नेपाली धनी परम्परा र अभ्यास भैसकेको छ ।

यहि एनआरएन एनसीसी अफ युएसएको पोहोर सालको चुनाव नै पनि भोटले होइन नोटले निकै प्रभावित पारेको थियो र एक थरि धेरै नोटहुनेहरुको जगजगी कायम भएको नजिर अहिले पनि सल्बलाई रहेको छ । अप्रिल १६-२० सम्म कहीं नभएको ५ दिन भोट हाल्ने प्रक्रिया कति भ्रमपूर्ण छ, कसैलाई थाहा छ? कीन यसो गरिदैछ? यसको पछाडी न्युयोर्क र क्यालिफोर्नियामा १०-१० वटा कम्युटर भाडामा लिएर बुथ थाप्न अहिलेदेखि अग्रसर व्यक्तिहरुलाई फाइदा पुर्याउन त्यसो गरिएको होइन, कसले भन्न सक्छ? चुनावमा पोहोरसाल जो लफडा गर्न उद्दत थिए, उनीहरुनै अहिले सक्रिय भएका छन । सदस्यता प्रमाणीकरण समिति किनिएका भोटहरुको प्रमाणीकरण गर्न असफल भएको प्रमाण हिजो बेलुका फेसबुकमा निस्की हालेको थियो भने निर्बाचन आयोग त्यहि प्रमाणित सदस्यहरुलाई लिएर निर्बाचनमा होमिएको हुँदा निर्बाचन निस्पक्ष र पारदर्शी छैन भन्ने कुरा बताईरहन परेन । यतिखेर उताबाट रास्ट्रिय निर्बाचन आयोगलाई आइसीसीले लोप्पा ख्वाई रहेकै छ भने यता निर्बाचनका केहि उम्मेदवारहरुले कानूनी चुनौती थोपरेका छन । हेरौं कसरी आयोग चट्पटाउँदो रहेछ? 

यकातिर यस्तो अबस्थामा फोटो घुमाउनेहरुले अर्को कुरो बुझेका छैनन -त्यो हो रास्ट्रिय निर्बाचन आयोग के गरिरहेको छ? मतदाताहरु र उम्मेदवारहरुलाई बेलामा दिनु पर्ने सुचना आयोगले ४८ घण्टा ढिलो गरि दिन्छ । कछुवाको तालमा हिंडिरहेको आयोगको यो दुर्दशा देख्दा उ मतदाताहरु र उम्मेदवारहरुप्रति गैरजिम्मेवार बनिरहेको छ । 
#sidhakurausa

No comments:

Related Posts Plugin for WordPress, Blogger...