BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Welcome

Website counter
website hit counter
website hit counters

Sunday, September 20, 2015

नयां संविधानमा धेरै हर्ष थोरै विरोध : कस – कसले विरोध गर्देछन् नयाँ संविधानको ?

नयां संविधानमा धेरै हर्ष थोरै विरोध : कस – कसले विरोध गर्देछन् नयाँ संविधानको ?

image
काठमाण्डौ : नेपालको संविधान आईतबारबाट लागु भएको छ । संविधान जारी भएपछि थोरैले विरोध गरेका छन भने धेरैले स्वागत । स्वागत गर्नेहरुको संख्या ९१ प्रतिशत छ भने विरोधमा ९ प्रतिशत मात्र ।

क-कस्ले गरिरहेका छन त बिरोध ?

मधेशी मोर्चा :- संविधानसभाभित्रै रहेका दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोको मोर्चा आज जारी भएको संविाधनलाई अस्वीकार गर्देछन् । प्रमुख चार दलवीच १६ बुँदै सहमति भएकै दिनदेखि विरोधमा उत्रेको यो मोर्चा संविधान निर्माणको बहसमा केन्द्रित नभई आन्दोलनमा लागेको थियो । मोर्चासँग भएका वार्ताहरु पनि असफल भएका थिए । मोर्चामा आवछ नेताहरुले संविधानमा हस्ताक्षर पनि गरेका छैनन् । पछिल्लो पटक बिजय गच्छदारको पार्टी पनि संविधान निर्माण प्रक्रियाबाट बाहिरएिको छ, उसले पनि यो संविधान स्वीकार नगर्ने देखिएको छ ।

वैद्य–विप्लव :- संविधानसभाको दोस्रो चुनाव वहिस्कार गरेका मोहन वैद्य र नेत्रविक्रम चन्दले शुरु देखि नै संविधानसभाको विघटन गर्दे सर्वपक्षीय राजनीतिकसभाको माग गर्दे आएका छन् । उनीहरुले अहिलेको संविधानलाई प्रतिगामी भन्दै यसलाई अस्वीकार गरेका छन् । उनीहरु यसका विरुद्ध निरन्तर संघर्षमा जाने बताएका छन् ।

पूर्व राजा पुर्ब राजा ज्ञानेन्द्र नयाँ संविधानलाई राजसंस्थालाई 'स्पेस' नदिइएको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह पनि असन्तुष्ट छन् । उनले पनि औपचारिक रुपमा नयाँ संविधानलाई स्वीकार नगर्ने उनी निकट स्रोतहरु बताउँछन् । उनी पछिल्लो पटक नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउन मिसनमा थिए, तर उनको मिसन पुरा हुन सकेन । यसका लागि उनले विभिन्न अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुसँग समेत भेट गरेका थिए ।

हिन्दुवादी :- कट्टर हिन्दुवादी शक्तिहरु पनि अहिले संविधानसभालाई स्वीकार नगर्ने बताएका छन् । हिन्दु राष्ट्रको पक्षमा निरन्तर संघर्ष गर्ने उनीहरुको भनाई छ । स्वामी कमलनयनाचार्यले अर्को चुनावमा दुई तिहाई मत ल्याएर देशलाई हिन्दु राष्ट्र बनाउने बताएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको मागलाई राजनीतिक मुद्धा बनाएर संविधानसभा र बाहिर आन्दोलन गरेको थियो ।

अमरेस–सिके :- काग्रेसकै आधिकारिक निर्णयमा असन्तुष्टि राख्दै आएका काग्रेस सभासद् अमरेश सिंहदेखि देश टुक्राउने धम्की दिने सिके राउतसम्मका नेताहरुलाई पनि नयाँ संविधानको विपक्षमा देखिने छन् । अन्तिम समयमा आएर संविधान निर्माण प्रक्रियामा सहभागी भएपनि सिंहले भित्रै देखि यो संविधानलाई स्वीकार गरेका छैनन् । सिंहले चार दलवीच भएको १६ बुँदे, संविधानको मस्यौदा र ६ प्रदेशको सिमाङ्कनमा आफ्नो फरक मत राखेका थिए । उता राउतले मधेशका जनतलाई अधिकार नदिए भिन्दै राष्ट्र बन्ने सम्मको चेतावनी दिएका छन् ।

भारत :- आफ्ना चासोलाई सम्बोधन नगरेकोमा छिमेकी भारतको पनि असन्तुष्टि छ । भारतीय प्रधानमन्त्रीका विषेश दूत काठमाडौं आएर फर्किसकेका छन् । नेपालको संविधान निर्माणमा भारतीय दुई चासो देखा परेका थिए्, एउटा हिन्दु राष्ट्र र अर्को मधशवादी दलको माग पुरा गर्ने । १६ बुँदे सहमति हुँदा आफ्नो चासोलाईसम्बोधन नगरेकोमा भारतले असन्तुष्टि जनाउँदै आएको थियो । त्यसबाहेक मधेशी दल–जनताको समर्थननलिइ संविधान बनाउदा त्यसले भविष्यमा अफ्ठारो पार्न सक्ने चेतावनी भारतीय प्रधानमन्त्रीका विशेष दूतले दिइसकेका छन् ।

राष्ट्रपति :- काग्रेसको सक्रिय राजनीतिमा रहँदै सेरमोनियर राष्ट्रपतिको पद ग्रहण गर्ने अवसर पाएका राष्ट्रपति रामबरण यादव पनि नयाँ संविधानसँग खुसी छैनन् । उनले पटक पटक दलहरुलाई मधेशहरुको माग सम्बोधन गर्न दवाव दिएका थिए । संविधान जारी गर्ने समारोहमा सहभागी भएपनि उनी नयाँ संविधानसँग तिव्र असन्तुष्टि छ । अहिले १६ बुँदे, कहिले मस्यौदा त कहिले प्रदेशको सीमाङ्कनको विषयमा उनले आफ्नो चासो व्यक्त गर्दे आएका थिए । यसका लागि अन्तराष्ट्रिय शक्तिकेन्द्रका प्रतिनीधिसँगको भेटघाट र आफ्नै निवासमा बोलाएर शीर्ष नेतासँगको परामर्श उनले कायम राखेका थिए ।

थरुहट– पिछडावर्ग :- नयाँ संविधानलाई थरुहट आन्दोलनका पक्षपातीहरुले पनि अस्वीकार गर्ने भएका छन् । उनीहरुले संविधानले आफ्नो माग पुरा नगरेको भन्दै नयाँ संविधानपछि थप आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् । त्यसबाहेक अन्य स साना संगठनहरुले पनि नयाँ संविधानको विपक्षमा उभिएका छन् ।

संविधानले पिछडावर्गको हित र अधिकारको सुनिश्चितता नगरेको भन्दै संविधान विरुद्ध निरन्तर संघर्षमा उत्रिन पिछडावर्ग महासंघले सम्पूर्ण जात जातिहरुमा आह्वान गरेको छ । राष्ट्रिय कार्यसमितिका अध्यक्ष अध्यक्ष कौशल कुमार सिंह (कुशवाहा) ले विज्ञप्ती जारी गर्दे यस्तो आव्हान गरेका हुन् । जनजाती, मुस्लिम, महिलाहरुका पनि यो संविधानले आफ्ना कुरा नसमेटेको गुनासो छ ।

More on समाचार


-- http://nepalisamachar.com/?p=11824
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Related Posts Plugin for WordPress, Blogger...